कुण्ठा बनेर आँसु झरिरहेछ जीवन।
पीड़ा हज़ार खेप्दै मरिरहेछ जीवन।।१
रंगमंच हो भन्छन नट्यशाला कसैले।
अभिनय यो मंचमा गरिरहेछ जीवन।।२
भोग्दै अनेक कष्ट उम्किन चाहे पनि।
गई दुखमा फेरि परिरहेछ जीवन।।३
हिड्छ साहस बोकी सधैं उकालो ओरालो।
आँसु बगाई खोला तरिरहेछ जीवन।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!