गजल
नमुना बन्यो जिन्दगी यहाँ झरेको पात झैं।
हरेक दिन अध्यारै लाग्छ औंसीको रात झैं।।१
फूलमा पाउ राखेँ झै लाग्छ पर्दछु पासोमा।
बिझाई दिन्छ मुटुमा मेरो काँडाको घात झैं।।२
कोरेर रेखा भूलेर दैव नहेर तमासा।
लुटेर सारा खुसिका पल निर्दयी हात झैं।।३
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!