रमाउँन खोजि रहेँ यही कालो रात संग।
मौनतामा सुर खोजेँ प्रीत गाँसी घात संग।।
डुबी दिन्छु वेदनाको सतहमा भासिएर।
कस्तो नाता जोडिएछ काँडाको यो जात संग।।
जिन्दगीले हरपल तड्पाएर रूवाउदा।
रक्सिएर हराउँछु नशाको यो मात संग।।
छुरा चल्छ कलेजोमा जब मीठा शब्द सुन्छु।
त्यसैले त झस्किन्छु म यस्ता मीठा बात संग।।
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!