सस्मरण:
स्थान: गेलेफु भुटान।
समय: १९८८.
भाद्र महिनाको एक रात म मेरो मावली घर बस्दै गएको थिए। साझै देखी पानी परी रहेको थियो। भुई तलामा करिब १० बजी राती सम्म मकै नङ्याउदै अनी झुत्ता बनाएर झुन्ड्यायौ। बाँकी साना घोगा छोडाएर थुन्सेमा भरी लिस्नुको फेदमा जातोको अडेस लाएर हजुरामा, मामा, सानीमाहरु सुत्न जानु भयो। माइजुले मेरो लागि ओछिन लाइदिनु भयो माथि तलामा। सबै सुत्यौ। रातको झन्डै ३ बजेको हुदो हो, मैले आँफैलाई थुन्से भित्र पाए। निन्द्रामै म फेरी लिस्ना बाट माथि चडेर पुन: सुतेको छु। सपनामा हिंड्ने बानीले झन्डै मेरो ज्यान गएको! कुन बेला ओछ्यान बाट तेत्रो ९ फूट तल झर्दापनी निन्द्रा नखुलेको! आज आफ्ना नानीको त्यही चाला छ। एक तिर सिरान बनाएर सुतायो ब्युझिदा नानी गोडा तिर भेट्छु। यहाँहरुका नानीहरु पनि सपनामा हिड्छन भनी सतर्कता अप्नाउनु होला।
गोविन्द फुयाल।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!