गजल 61

गजल

म कालको सिरमा चडेर गजल गाउछु।
हारे भने चितामा लडेर गजल गाउछु।१।

पस्चताप गर्दिन म जे जे भयो राम्रै भयो।
पछाडी हेर्नु भन्दा अघि बडेर गजल गाउछु।२।

हिमाल तराई पहाड मेरो माटोको कसम।
सब्द सब्दमा सप्त सुर जडेर गजल गाउछु।३।

दिनेहरुले जत्ती बाधा अर्ड्च्न तेर्छ्याएपनी।
गाउछु म पिडाको आगोमा डडेर गाउछु।४।

गोविन्द फुयाल।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.